चैत्र १, काठमाण्डौ । भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत परिवर्तनको असरले नेपाल भारत सीमा विवादसम्बन्धी वार्ता अनिश्चित बनेको छ । नेपाल दुईपटक कूटनीतिक नोट पठाएर वार्ताका लागि आग्रह गरे पनि भारतले परिस्थिति अनुकूल नभएको जवाफ पठाएको छ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले भारतीय विदेश सचिव र नेपालका लागि भारतीय राजदूत फेरिएपछि नेपालले प्रस्ताव गरेको मितिमा वार्ता हुन नसकेको बताए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सचिव बैरागीले भारत वार्ताका लागि सकारात्मक भए पनि दुवै देशको अनुकूल समयको पर्खाइ रहेको बताए ।