ओली र दाहालबीच भेटवार्ता, के कुरा भयो ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र ७, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको अध्यक्षद्धयबीचको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे कुरा भएको बुझिएको छ । अध्यक्ष दाहालनिकट स्रोतले दिएको जानकारीअनुसार ओली र दाहालबीचको आजको भेटमा कोरोना भाइरसको नियन्त्रणको लागि प्रभावकारी कदम चाल्नुपर्ने कुरा भएको छ ।

अध्यक्ष दाहाल आफैंले पनि महत्वपूर्ण र अत्यावश्यक कामबाहेक सबै भेटवार्ता स्थगित् गरेका छन् । एक किसिमले दाहाल सेल्फ क्वारेन्टाईनमा बसेका छन् । हुन त अध्यक्षद्धयबीच उपाध्यक्ष वामदेव गौतमलाई राष्टियसभामा लैजानेबारे पनि छलफल भएको बुझिएको छ । रिपोर्टर्स नेपाल

ताजा अपडेट

खोजी गर्नुहोस