प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ९, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको एक मन्त्रीले जानकारी दिए । यसअघि फागुन १८ गते बसेको बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउने निर्णय गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो ।

आजको बैठकमा उक्त समितिले गरेका निर्णय र कामकारवाहीको समीक्षा हुनुका साथै भावी रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस