राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता ! के-के भयो कुराकानी ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार नियमित भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरेपछि राष्ट्रपतिलाई भेटेको यो पहिलोपटक हो । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवातौ नियमित भएको र उनीहरूबीच समसामयीक विषयमा करिब डेढ घन्टा कुराकानी भएको जानकारी राष्ट्रपतिका मुख्य निजी सचिव डा। भेषराज अधिकारीले जानकारी दिए ।

नेपालको संविधानअनुसार प्रधानमन्त्रीले सरकारबाट भएका कार्यहरूबारे राष्ट्रप्रमुखलाई जानकारी गराउने प्रचलन भएअनुसार नै राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिए । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस