चैत्र १२,काठमाडौँ । कोरोना रोकथामको सन्दर्भमा सरकार गम्भिर नभएको राष्ट्रिय जनता पार्टीका सह–महामन्त्री सुरेन्द्र कुमार झाले बताएका छन । अनलाईन केन्द्रसंग कुरा गर्दै नेता झा ले अस्पतालमा कार्यरत डाक्टर, नर्स, अन्य कर्मचारीहरुलाई आधारभूत सामग्री प्रदान नगर्नु , कोरोनाको मात्रै जाँच हुने छुटै अस्थाई अस्पताल निर्माण नगर्नु , बाटो–घाटो र यातायातको साधनलाई सेनिटाईजर वितरण गर्ने यन्त्र वितरण नगर्नु सरकारको कमजोरी भएको बताए ।
उनले भने– ‘गरिब जनताको लागि निशुल्क मेस संचालन गरेको छैन, सुबिधायुक्त एम्बुलेन्स किनेको छैन, उपभोक्तालाई चाहिने आवश्यक खाद्य सामग्री घर,घरमा बितरण गरेको छैन, सरकारलाई अनुदान र चन्दा दिनेको लर्को देखिन्छ । कर छल्नेदेखि भ्रष्ट्राचारी सम्म, सता पक्षदेखि प्रतिपक्ष सम्म, देश–विदेशको नि घोषणा सुन्नमा आएको छ के हाम्रो सरकारको ढुकुटीमा सुको नि नभएको हो ?’ नेता झा ले राज्यले आफ्नो दायित्व बहन गर्दैगर्दा पुगेन भने जनता आफैपनि एक हुने बताए ।
उनले भने– ‘भुइचालो र बाढी पिडित हुदा रातारात धनि हुने परिवर्तित पाठ सिक्ने कि नसिक्ने ? केन्द्र , प्रदेश र स्थानीय सरकारहरु मनलाग्दी आफु खुसी योजना बनाई राष्ट्रको ढुकुटी दुरुपयोग रोक्नुपर्छ एकद्धार प्रणाली बनाई सरकार , प्रतिपक्ष नागरिक समाजको प्रतिनिधित्व हुनेगरी संयन्त्र निर्माण गरि कार्यसंचालन गर्नुपर्छ ।’ उनले सरकार केही नगरी कचौरा लिएर माग्न होइृन, पत्रकार, प्रहरी, सेना, सवारी चालकलाई सुरक्षासहित बिशेष सुबिधा दिनुपर्नेमा जोड दिए ।