ओली-दाहाल बोली बाराबार, विवाद अझै चर्कियो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण १८, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा आन्तरिक विवाद चुलिंदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेको ओलीले मंगलबार एकपक्षीय रुपमा स्थायी कमिटि बैठक स्थगित गरेपछि विवाद थप चर्किएको हो ।

ओलीले बैठक स्थगित गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दाहाल पक्षीय भेलाले ओलीसँग संवाद गर्ने जिम्मेवारी दाहाललाई दिएपनि शनिबार साँझसम्म दुवै नेताबीच संवाद हुन सकेको छैन । दुई अध्यक्षको सहमतिमा सचिबालय बैठक राखेर विवाद सुल्झाउन पक्षमा केही नेता लागि परेका छन् ।
‘दुई अध्यक्षबीच संवाद हुन्छ । त्यसपछि मात्र सचिबालय बैठक बसेर सबै विषय टुंगो लगाउनुपर्छ’, सचिबालयका एक सदस्यले भने । उपाध्यक्ष बामदेव गौतम पनि विवाद सचिबालय बैठकबाटै टुङ्ग्याउने पक्षमा पुगेको स्रोतले बतायो । नागरिक दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस