प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २८, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चर्चा शुरु भएको छ । पछिल्लो पटक भारतबाट उच्चस्तरीय भ्रमण हुँदै गर्दा ओली पनि पछिल्लो समय दुई देशबीचको समस्या समाधानका लागि भारत भ्रमणमा जान चाहेको उच्च स्रोतले बताएको छ । यसका लागि भित्रभित्रै छलफल सुरु भएको स्रोतको दावी छ । भारतकोतर्फबाट भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध सुधारको तर्फ गएको विश्वास गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको भ्रमण हुनसक्ने बताइएको छ । मन्त्री ज्ञवालीको भारत भ्रमणमा जाने तयारी भइरहेको छ । नेपाल–भारतबीच विभिन्न तहमा छलफल भइरहेको र त्यो छलफल सकिएपछि मन्त्री ज्ञवालीको भारत भ्रमण हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस