मंसिर २९, काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ। यसैक्रममा काठमाडौंमा पनि विरोध प्रदर्शन सुरु गरिएको छ । अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कार्यकर्ता रत्नपार्कस्थित शान्ति बाटिकामा जम्मा भएर विरोध र्याली सुरु गरेका छन् ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान गरेका छन् ।