नेकपाभित्रै सरकारको आलोचना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १, बुधबार (४ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

पुस १, काठमाडौ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । नेकपाभित्रै सरकारको आलोचना गर्दै सो अध्यादेश फिर्ता हुनुपर्ने माग उठेको छ । मंगलबार मत्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेपछि नेकपाले विरोध गरेको हो ।

अध्यादेश जारी भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको असन्तुष्ट नेताहरूको बैठकले प्रधानमन्त्री ओलीको आलोचना गर्दै अध्यादेश तत्काल फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको छ । साथै यस विषयमा पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने मागसमेत असन्तुष्ट नेताहरूले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस