ओली-प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस १,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा जारी वान टु वान वार्ता सकिएको छ । नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच वान टु वान वार्ता भएको थियो । अध्यक्षद्वयबीचको वार्ता सकिएलगत्तै केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदैछ ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस