पुस ३, काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले विवादास्पद संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनेबारे प्रधानमन्त्री अझै अन्यौलमा रहेको बुझिएको छ । हिजोको बैठकमा अध्यादेश फिर्ताबारे कुनै छलफल नै भएन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समितिको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । अध्यादेश फिर्ताका लागि सरकारले निर्णय गरेर राष्ट्रपतिकहाँ सिफारिस गर्नुपर्छ ।