अर्थमन्त्री पौडेल भन्छन्-‘नेपालमा कोरोना खोप छिटो ल्याएर निःशुल्क वितरण हुन्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ३, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस ३, काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी नागरिकलाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । बिश्वमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरूपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताएका छन् ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका छन् । उनले विश्व बजारमा सहजरूपमा उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिए । मन्त्री पौडेलले मापदण्डअनुसार कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराउने बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस