संसद् विघटन : संबिधानका दुई धारा ७६ र ८५ मा के छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ५, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस ५, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधि सभाको विघटन गरेकि छिन् । उनले संविधानको धारा ७६ १, धारा ७६ ७ र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम आउँदो वैशाख १७ र २७ गतेका मिति तोकेकि हुन् ।

संविधानको धारा ७६ १ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र उहाँका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । यस्तै धारा ७६ ९७० को उपधारा ९५० बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिने व्यवस्था छ । यसैगरी धारा ८५ १ मा संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । संसद् विघटनसँगै आउँदो वैशाख १७ र २७ गतेका लागि प्रतिनिधि सभाको मतदानको मिति तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस