प्रचण्डसंग मिलेर चुनाव लड्ने ओलीको प्रस्ताव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ५, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पुस ५,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलेर चुनाव लड्ने प्रस्ताव राखेका छन् ।

बालुवाटारमा भएको भेटमा प्रचण्डले संसद विघटनको सिफारिस निरंकुश, घातक कदम भएको बताएका थिए । ‘यसले संसद विघटन मात्र होइन, प्रतिगमनतिर लैजान खोजेको त होइन भने आशंका उत्पन्न भएको छ’ प्रचण्डले भनेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘जे भयो भयो, मिलेर चुनावमा जाऔं र जितेर आऔं’ भनेको प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाए । त्यहीबेला राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको सूचना आएपछि प्रचण्ड उठेर थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस