ओलीलाई पार्टीले अनुशासनको कारबाही गर्ने, साधारण सदस्य समेत नरहने कदम चालिने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ६, सोमबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस ६, काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समितिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको बताए ।

पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको छ । यसका लागि ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस