पुस ६, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफू निकट सांसदहरूसँग छलफल सुरू गरेका छन् ।
प्रधानमन्त्रीले बोलाएको छलफलमा सांसदहरू बालुवाटार पुगिसकेका छन् । संसद् विघटन भइसकेपछिको पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न छलफल बोलाइएको हो । छलफलमा राष्ट्रियसभा सदस्यहरूलाई पनि बोलाइएको छ । यता दाहाल नेपाल पक्षले पनि आफू निकटका सांसदहरूसँग छलफल गर्दैछ ।