‘बालुवाटारमा बोलाइएको कथित बैठक नौटंकीबाहेक केही हुँदैन’: नेकपा अध्यक्ष प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ६, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस ६,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको बताएका छन् । साथै उनले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताए ।

केन्द्रीय समितिको अत्यधिक बहुमत आफूहरुसँग रहेकाले बैधानिकताको प्रश्न नउठ्ने उनले बताए । ‘मलाई लाग्छ झण्डै दुई तिहाई हामी छौं’ उनले भने, ‘त्यसकारण वैधानिकतामा कुनै सवाल उठ्न सक्दैन । भोलि १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय समितिको बैठक नै वास्तविक हुन्छ । बालुवाटारमा बोलाइएको ९ बजेको कथित बैठक नौटंकीबाहेक केही हुँदैन ।’

प्रधानमन्त्री ओलीले भने भोलि विहान ९ बजे केन्द्रीय कमिटीको छुट्टै बैठक बोलाएका छन् ।

हिजो पार्टी एकता गर्दाका ४४१ जनाको हस्ताक्षरसहितको सूची निर्वाचन आयोगमा रहेको भन्दै उनले भने, केन्द्रीय कमिटीको वैधानिकता अथवा बहुमतको स्थिति के हो भन्ने विचार नगरी निर्वाचन आयोगबाट कुनै कदम चालिने छैन भन्ने विश्वास पनि लिएका छौं । त्यसकारण हामीले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस