तिन दलको बैठक सकियो: संविधानमाथिको आक्रमण भएको निश्कर्ष

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ६, सोमबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पुस ६,काठमाडौँ । प्रमुख ३ दलको आज बसेको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो ।

३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निश्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस