दुइ तिहाई नेकपा फुटको संघारमा : ओली र प्रचण्ड-माधव पक्षको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ७, मंगलबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । नेकपाभित्रको पछिल्ला बैठक, भेलाहरू र नेताको अभिव्यक्तिले पार्टी विभाजनको संघारमा पुगेको संकेतहरू देखिएका छन् । प्रचण्ड(नेपाल समूहले आज १ बजेका लागि केन्द्रीय समिति बैठक डाकेको छ ।

त्यस बैठकबाट ओलीलाई अनुशासनको कारवाही गर्ने उनीहरूले बताएका छन् । यता प्रधानमन्त्री ओली पक्षको केन्द्रीय समिति बैठक ९ बजे बालुवाटारमा बोलाइएको छ । पार्टी अनुशासन विपरीत विपक्षीसँग समेत साँठगाँठ गरेर सरकारविरुद्ध र गुटगत स्वार्थमा लागेको आरोपमा प्रचण्डमाथि कारवाही गर्ने बालुवाटार बैठकको तयारी रहेको बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस