ओलीको नेतृत्वमा केन्द्रीय कमिटी बैठक सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ७, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाण्डौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले आफूरुलाई अनुशासनको कारबाही गरे कसरी अगाडि बढ्नेलगायत समसामयिक विषयमा छलफल हुने छ ।

ओली पक्षले आफूहरुमाथि कारबाही भए पार्टी एकता भंग गर्ने तयारी गरेको छ । बैठकमा सहभागी हुन काठमाण्डौ उपत्यकाबाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाण्डौ आएका छन् । बालुवाटारमा भइरहेको बैठकलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस