ओली पक्षले बिस्तारित केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ७, मंगलबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाण्डौ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बिस्तारित केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता गराएको छ । मंगलबार बसेको उक्त समूहको बैठकमा ११ सय ९९ सदस्यीय केन्द्रीय समिति विस्तार गरिएको घोषणा गरिएको थियो । आयोगले पुनर्गठन भएको नेकपाको केन्द्रीय समिति निर्वाचनमा आयोगमा दर्ता भएको पुष्टि गरेको छ ।

उक्त सूचि लिए अधिवक्ता बाबुराम दाहाल आयोग पुगेका थिए । बिस्तारिस समितिमा प्रचण्ड र माधव नेपाल समूहका सबै नेताहरु पनि रहेका छन् भने ओलीले आफ्नो बहुमत पुग्नेगरी उल्लेख्य संख्यामा केन्द्रीय सदस्य थपेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस