पुस ७, काठमाण्डौ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको छ ।
काठमाण्डौको बबरमहलमा बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले ओलीले पार्टी आचरण र संविधान विपरित काम गरेकाले अध्यक्षबाट हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले उज्यालोलाई जानकारी दिएका छन् । बैठकले ओलीको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । पार्टीमा दुई जना अध्यक्ष रहने नेकपाको विधानअनुसार नेपाललाई अध्यक्ष बनाइएको एक केन्द्रीय सदस्यले बताएका छन् ।