पुस १६, काठमाडौ । मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दाको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत सोमबार प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै उत्प्रेषणमार्फत तत्काल बदर गर्न माग गरेका छन् ।