अविश्वासको प्रस्ताव ल्याउने १५ जना सांसद मुख्यमन्त्री राईले गरे निलम्बन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १६, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस १६, काठमाण्डौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन् । मुख्यमन्त्री शेरधन राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गर्नु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । गएको सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने १९ जना सांसदलाई दलको नेताको हैसियतमा राईको निर्देशनमा स्पष्टिकरण सोधिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस