पुस १६, काठमाण्डौ । सभामुख अग्नी सापकोटाले परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको बताएका छन् । विभिन्न चार राजनीतिक दलमा आबद्ध महिला संगठन र सांसदहरुको ध्यानाकर्षंणपत्र बुझ्दै उहाँले यसअघि पुस ८ गते नै आफूले वक्तव्य मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए । उनले संविधानको रक्षा, देश र नागरिकको अधिकतम हितमा आफू सँधै समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो ।