‘नेकपा फुटेको छैन, प्रचण्ड–नेपालपक्ष बार्तामा आउनुस्’ : ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १८, शनिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस १८, काठमाण्डौ । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललगायतका नेतालाई बैठकमा आएर सहमति खोज्न आह्वान गरेका छन् । नेकपाले अलग अलग समूहमा कार्यक्रम गरिरहेको अवस्थामा अध्यक्ष ओलीले पार्टी फुट्न नदिन आफू हरपल लागिरहेकाले बैठकबाटै निकास खोजिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले शुक्रबार ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवासँग भर्चुअल अन्तक्र्रिया गर्दै आम कार्यकर्ताको भावनाअनुसार पार्टीलाई एकजुट राख्नुपर्ने आवश्यकता आंैल्याए । ओलीले विभाजन गर्ने मनसायले ‘हामी यहाँ छौं’ लेखेर छात्तीमा टाँसेर सडकमा नबस्नसमेत प्रचण्डलगायतका नेतालाई आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस