असार १३, काठमाण्डौ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ । गएको असार ९ गते बुधबारदेखि सुरु भएको रिट निवेदक पक्षका कानुन व्यवसायीको सुरुवाती बहस आज सकिएको हो । बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।