एकै व्यक्ति धारा ७६ को १-५ बमोजिम प्रधानमन्त्रीको उमेद्वार बन्न सक्दैन : अधिवक्ता शंकर सुवेदी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ १४, सोमबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदनकातर्फबाट कानून व्यवसायीले बहस सकेका छन् । १ सय ४६ सांसदकातर्फबाट सुरुवाती सुनुवाइ सकिएको छ । बहसका क्रममा अधिवक्ता शंकर सुवेदीले नेपालको संविधान धारा ७६ को उपधारा १ देखि ५ बमोजिमको एउटै व्यक्ति प्रधानमन्त्रीको उमेद्वार बन्नै नसक्दै दावी प्रस्तुत गरेका थिए ।

‘उपधारा १ र २ बमोजिमको उमेद्वार एउटै हुन सक्छ, बहुमतको सरकार १ बमोजिम र २ बमोजिमको संयुक्त सरकारको नेतृत्व गर्न पायो सुवेदीले इजलासमा बहस गर्दै भने,’तर ३ बमोजिम प्रधामन्त्री भएर विश्वासको मत पाउन सक्तिन भनेर वाक ओभर दिने व्यक्ति पाँच बमोजिम उमेद्वार हुनै पाउँदैन, प्रधानमन्त्रीका लागि दावी पेश गर्न पाउँदैन ‘

७६ को ५ बमोजिम प्रधानमन्त्री नियुक्ति र विश्वासको मत लिने क्रममा कुनै पनि दलीय ह्वीपसमेत नलाग्नेतर्क प्रस्तुत गरे । अब विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटालगायतको बहस सोमबारबाट सुरु हुने जनाइएको छ । पक्षका लागि १२ घण्टा र विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ ।

त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ । अनि मुद्दा अन्तिम टुंगो तिर जान्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस