असार १५, काठमाण्डौ । कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा शशांक कोइराला चाक्सीबारी पुगेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग छलफलका लागि निधि र कोइराला कांग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको निवास चाक्सीबारी पुगेका हुन् । निधि र कोइरालासँग लञ्चसहितको मिटिङ सुरु भएको सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।
निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बिपी कोइरालाका पुत्र हुन् । संस्थापक नेतात्रयका छोराहरू निधि, कोइराला र सिंहबीच १४औँ महाधिवेशनको संघारमा यो तेस्रो बैठक भएको हो ।