असार १७,काठमाण्डौ । नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न सक्रिय रुपमा लागेका दोस्रो तहका नेताको बैठक आज पनि बसेको छ । काठमाडौंमा सम्पन्न बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ तथा शंकर पोखरेल सहभागी थिए । त्यसैगरी माधव नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे तथा भीम आचार्य सहभागी थिए ।
शीर्षतहमा देखिएको विवाद समाधानका लागि भन्दै यी नेताहरुबीच निरन्तर बैठक बसिरहेको छ। बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ ।