असार १८, काठमाण्डौ । वाग्मती प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७८र०७९ को वार्षिक बजेटमाथि छलफल प्रारम्भ भएको छ ।
वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैठकमा राजश्व आय–व्ययको वार्षिक बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरे । बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी १२ जना प्रदेशसभाका सदस्यहरूले बजेटमाथि आ–आफ्ना धारणा राखेका थिए ।
सत्तापक्षका सदस्यले सरकारद्वारा प्रस्तुत सात प्राथमिकतामा तोकिएको बजेट स्वागतयोग्य रहेको भए पनि बाढीपहिरो प्रभावलाई कम गर्न थप बजेट विनियोजित गर्नुपर्ने सुझाव दिए ।