बैशाख १७, काठमाडौँ । पोखरा महानगरपालिकामा अटेरी अभियानले लौरी चुनाव चिन्ह पाएको छ । लौरो चिन्ह पाएको तीन घण्टामै खोसिएपछि अटेरीका कार्यकताले नाराबाजी र धर्ना दिएका थिए ।
उम्मेदवारको चाहानाअनुसार आयोगलाई अनुरोध गरेर लौरो चिन्ह दिएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।
पोखराकै मेयरमा बागी उम्मेदवारी दिएका विमलबहादुर कार्कीलाई आयोगले चुनाव चिन्ह लालटिन दिएको छ । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।