राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन् । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन् ।

सङ्घीय संसदबाट पारित भई नेपालको संविधान अनुसार प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकलाई प्रमाणीकरण गरेको जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिउ ।

यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि बाटो खुलेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस