प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उदघाटन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उदघाटन गर्ने भएका छन्।

लामो समयको प्रतीक्षापछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उदघाटन गर्न लागेको हो ।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय आज उद्घाटन गरिने छ ।
बुढीगण्डकी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार आयोजना प्रभाबित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस