संगठन विस्तारका लागि राप्रपाको ९ सय नेतालाई भूगोलको जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौँ । राप्रपाले संगठन विस्तार गर्न भन्दै नौ सय नेतालाई भूगोलको जिम्मेवारी दिएर स्थानीय स्तरमा खटाएको छ ।

केन्द्रदेखि जिल्ला तहका नौ सय नेतालाई स्थानीय स्तरमा खटाउने गरी भूगोलको जिम्मेवारी दिइएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार भूगोलको जिम्मेवारी लिनेमा अध्यक्ष राजेन्द्र लिङ्देनसमेत छन् ।

देशभरका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासका लागि खटाइएका नेताहरुले ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए । उनीहरुले आफ्नो दैनिक क्रियाकलाप विद्युतीय माध्यमबाट सचिवालयमा नियमित पेस गर्नुपर्नेछ ।

संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र र संघीयतासम्बन्धी पार्टीको अवधारणालाई जनताको घरदैलोमै पुर्‍याउने लक्ष्य लिएको राप्रपाले संठन विस्तार र सुदृढीकरणका लागि नेताहरुलाई खटाएको हो । तोकिएको जिम्मेवारीमा नजाने नेताहरू स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस