कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरुले आज पनि धारणा राख्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको बैठक आज पनि बस्दै छ । शुक्रबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै १ वर्षपछि मंगलबार बसेको हो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० वटा अजेन्डाहरु प्रस्तुत गरेका थिए। यस्तै, अर्का महामन्त्री गगन थापाले वार्षिक कार्यतालिकासहित प्रतिवेदन पेस गरेका थिए ।

मंगलबार प्रस्तुत भएका अजेन्डा र प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बुधबारदेखि धारणा राख्न सुरु गरेका हुन् । बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। बिहीबारको बैठकमा ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस