‘अवैध सुन भित्र्याउने कसैलाई माफि हुँदैन’ : गृहमन्त्री श्रेष्ठ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् ।

गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले बुधबार बरामद अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही गरिने प्रतिबद्धता जनाएका हुन् ।

अनुमगनपछि सञ्चारकर्मीसँग उनले अवैध सुन भित्र्याउने कार्यमा जोसुकै भए पनि कारबाही गरिने र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने जानकारी दिए । भ्रष्टाचार र अपराधका कुरा अनुसन्धानमा कुनै कोट, टार र पार्टी मतलब नरहेको भन्दै उनले सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस