संविधान सभाध्यक्ष नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने, सरकारले दियो सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

भाद्र २६, काठमाडौँ । संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आगामी बिहीबार बिहान ११ बजे गरिने भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको पार्थिव शरीरलाई आज बेलुकी ५ बजेसम्म र भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

उनको सोमबार राति हृदयघातका कारण घरमै निधन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस