लुम्बिनी प्रदेशका तत्कालीन सचिव अधिकारीसहित चारजना विरुद्ध भ्रष्टाचार मुद्दा

Post Thumbnail

कार्तिक १९, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चारजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध एक करोड ३१ लख ६० हजार बराबरको बिगो र कैद सजायको माग गर्दै आज विशेष अदाल काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

आर्थिक वर्ष २०७५र७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत् किसानलाई कृषियन्त्र आपूर्ति गर्ने क्रममा प्रदेश सरकारलाई बदनियतपूर्वक हानि नोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

सम्झौताविपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बदनियत देखिएकाले आयोगले अनुसन्धान गरेको थियो । सो काममा एक करोड ३१ लाख ६० हजार बराबरको भ्रष्टाचार भएको आयोगको ठहर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस