‘अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १५, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
‘अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन’

|फाइल तस्विर: मोहन बहादुर बस्नेत

माघ १५, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । आज शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।

उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको पनि बताएका छन् । कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । उनले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । देशमा कामै नपाउने अवस्था रहेको भन्दै उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस