शासक वर्गको उपेक्षाका कारण मधेस पछि पर्‍यो: अध्यक्ष यादव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १७, बुधबार (१ साल अघि)
  • २९ पटक पढिएको
शासक वर्गको उपेक्षाका कारण मधेस पछि पर्‍यो: अध्यक्ष यादव

माघ १७,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेश पछि परेको बताएका छन्।

समाजवादी महिला संघ मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले शासकवर्गको मधेसप्रतीको विभेदकारी नीतिका कारण शिक्षा , स्वास्थ्य, रोजगार जस्तो आधारभूत क्षेत्रमा मधेस पछि परेको बताए ।

मधेसी जनताले शासक वर्गको रबैया विरुद्ध गरेको भिषण बिद्रोहको बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि केन्द्रीकृत मानसिकता बोकेका शासकवर्गको मधेसप्रतिको रबैया अझै सुध्रिन नसकेको दावी गरे ।

समथल भुभाग , उर्बर भुमि जस्ता विकासका आधारभुत तत्वहरु मधेशमा भए पनि सबै क्षेत्रमा मधेश पछि पर्नुको एक मात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली नै रहेको भन्दै अध्यक्ष यादवले मुलुक संघिय शासन प्रणालीमा गए पनि विभेद उन्मुलन हुन नसकेको दाबी गरे ।

मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुविधामा समेत विभेद भैरहेको उल्लेख गर्दै अध्यक्ष यादवले विभेद अन्त्य नभएसम्म मधेस विकास निर्माणमा फड्को मार्न नसक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस