एमाले धादिङको अधिवेशन लफडा : भोलि बिहानदेखि बन्द सत्र शुरु हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २२, सोमबार (१ साल अघि)
  • ४६ पटक पढिएको
एमाले धादिङको अधिवेशन लफडा : भोलि बिहानदेखि बन्द सत्र शुरु हुने

माघ २२,काठमाण्डौँ । नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौँ अधिवेशनमा दुई पक्षका नेताहरुबीच विवाद भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाण्डौ बोलाएर सङ्गठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन गर्न निर्देशन दिएका छन् । ओलीको निर्देशनपछि जिल्ला अधिवेशनको बन्दसत्र भोलि मङ्गलवारदेखि शुरु हुने भएको छ । धादिङ एमालेको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष भूमि त्रिपाठी र पूर्वप्रदेश सभा सदस्य तथा बाग्मती प्रदेशका पूर्वराज्य मन्त्री रामकुमार अधिकारी आकाङ्क्षी छन् ।

भोलि बिहान ८ बजदेखि बन्दसत्र शुरु हुने अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस