केहि बेरमा संसद बैठक सुरु हुँदै, उपस्थित सांसदहरूको विवरण समेत सार्वजनिक गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २२, सोमबार (१ साल अघि)
  • २५ पटक पढिएको
केहि बेरमा संसद बैठक सुरु हुँदै, उपस्थित सांसदहरूको विवरण समेत सार्वजनिक गरिने

माघ २२, काठमाडौँ । संसद बैठकमा उपस्थित सांसदहरूको विवरण सार्वजनिक हुने भएको छ । आजदेखि सुरु हुने तेस्रो अधिवेशनमा उपस्थित सांसदहरूको विवरण संसद सचिवालयको वेवसाइटमार्फत् सार्वजनिक हुने भएको हो ।

यसअघिको अधिवेशनमा एउटामात्रै विधेयक पारित भएको विषयमा प्रश्नहरू उठेको भन्दै सभामुख देवराज घिमिरेले सांसदरहरुको उपस्थित वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए । त्यस्तै बैठकको कार्यतालिका समेत लागू गरिने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस