कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २३, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ २३,काठमाडौँ । बनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनको शोक प्रस्तावको विषयमा बैठक बस्न लागेको हो । बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस