गृहमन्त्री लामिछानेको निर्देशन : प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा खुल्ला !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र ८, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र ८, काठमाण्डौँ । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४ सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै आजदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस