डा. कोइराला भन्छन्-‘गृहमन्त्री लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १०, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
डा. कोइराला भन्छन्-‘गृहमन्त्री लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन’

चैत्र १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि सदनसम्म चौतर्फी विरोध भइरहँदा पनि रवि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको उनले बताएका छन् ।

‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लागेर निर्दोष सावित भए फेरि मन्त्री भए भएहाल्यो’, कोइरालाले भने । काठमाडौंको मध्यबानेश्वरमा पार्टीका स्थानीय कार्यकर्तासँगको भेटमा कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिस चुपचाप बसिरहँदा अचम्म लागेको बताएका छन् ।

हरेक परिवर्तनमा काठमाडौबासीको भूमिका महत्तवपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस