असल नियतले काम गर्दा त्रासमा नपर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १२, सोमबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असल नियतले काम गर्दा भय र त्रासमा नपर्न सचिवहरूलाई निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नियमित बैठकमा सबै मन्त्रालयहरूका सचिवलाई निर्देशन दिँदै प्रचण्डले कानुन र राष्ट्रको हित विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।

उनले सुशासन नै सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै त्यसमा अडिग भएर काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशन उदृत गर्दै बैठकमा सहभागी एक सचिवले भने ‘ म पनि कानुन विपरीतको कुनै काम गर्दिनँ । तपाईंहरू पनि नगर्नुस्, असल नियतले काम गर्दा भय र त्रासमा नपर्नुहोला ।’

प्रधानमन्त्री प्रचण्डले असल नियतले काम गर्दा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी आफैँले लिने बचनबद्धता व्यक्त गरेका थिए । उनले नयाँ समीकरणको सरकारले थप नयाँ सोच, उद्देश्य, ऊर्जा , कार्यसूची र कार्य योजनाका साथ आएको बताएका थिए । उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवाप्रवाह गर्न जोड दिएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारी सेवा लिन नागरिकले भोगेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस