गगन थापाले रास्वपालाई लक्षित गर्दै भने-‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र १४, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
गगन थापाले रास्वपालाई लक्षित गर्दै भने-‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले’

चैत्र १४, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको बताएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाललाई गति र मति दुवै भएको व्यक्ति चाहिएको बताए ।

रास्वपा नेताहरुप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने गरेको आरोप समेत लगाए । उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरू जरुरी रहेको बताए । झुकाउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाई थियो ।

उनले भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले, छट्टुहरू त आउँछ, लटरपटर पार्छन्, झुक्याउँछ। यसो रङरोगन गर्छ, अलपत्र पार्छन्, जान्छ। हामीलाई छट्टुहरू चाहिएको होइन । हामीलाई धैर्यता भएको चाहिएको छ, तर धैर्यताको अर्थ केही पनि नगर्ने मान्छे पनि होइन।’

ताजा अपडेट

खोजी गर्नुहोस