राजनीतिक परिस्थिति

संसदको गतिरोधलाई लिएर राष्ट्रपतिको चिन्ता

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ जेष्ठ ११, शुक्रबार (३ हप्ता अघि)
  • ७५ पटक पढिएको
संसदको गतिरोधलाई लिएर राष्ट्रपतिको चिन्ता

जेठ ११, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै शितल निवास पुगेका छन् । आज बस्ने संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको सरकारले पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थिति लगातय समयसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेका हुन् ।

संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा पौडेल र दाहालबीच भेट भएको हो । भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए ।

#रामचन्द्र पौडेल

ताजा अपडेट

खोजी गर्नुहोस