नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम विरोधकै बीच पास गरिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १३, आईतबार (१ साल अघि)
  • ८५ पटक पढिएको
नीति तथा कार्यक्रम विरोधकै बीच पास गरिने

जेठ १३, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न संसदीय समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेकाले कार्यसूचीअनुसार हुने–नहुने अनिश्चित छ ।

गत शुक्रबारकै बैठकमा नीति तथा कार्यक्रम पास गर्ने कार्यसूची रहे पनि कांग्रेसको अवरोधका कारण पास हुन सकेको थिएन ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेका थिए । संघीय संसदमा अवरोध जारी रहेका कारण उक्त नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन ।

#नीति तथा कार्यक्रम

 

ताजा अपडेट

खोजी गर्नुहोस